दाङ, २१ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको शाखा शान्तिनगर गाउँपालिकामा गठन गरिएको छ । शान्तिनगर गाउँपालिका ५ रगैचामा भेलाकोे आयोजना गरी शाखा गठन गरिएको हो ।

40931007_250025365683680_7794756121956188160_nभेलाले ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा १५ सदस्यीय दाङ जिल्ला उद्योग वाणिज्य संघको शान्तिनगर गाउँपालिकास्तरीय समिति गठन गरेको हो । समितीको उपाध्यक्षहरुमा कुमारीआशा गौतम, सदिराम वस्नेत, सचिवमा डिल्लीवहादुर खडका, सहसचिवमा भविलाल शर्मा भण्डारी, कोषाध्यक्षमा भरतविर खडका, सहकोषाध्यक्षमा दुर्योधन वली रहेका छन् ।

सदस्यहरुमा गंगाराम वि क, गोपाल जैशी, दिलकुमारी केसी, पुर्ण परियार, निर्मल न्यौपाने, इन्द्रवहादुर वली, मोक्तीराम दर्लामी रहेका छन् । समितिका सल्लाहाकारमा यामलाल भण्डारी, लक्ष्मण चौधरी, महिला वली रहेका छन् ।