वुटवल, २० भदौ । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिने बताएका छन् ।

IMG_4576प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि लामो संघर्ष भएको र यसले नै लोकतन्त्रलाई बलियो बनाउने उनको धारणा थियो । मंगलवार वुटवलमा बुद्ध सामुदायिक टेलिभिजनको ११ आँै वार्षिक उत्सवको अवसरमा आयोजित ‘नयाँ संहिता, संचार र संशय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा वताएका हुन् ।

नेपालमा गणतन्त्र, संघीयता र संविधान सभावाट संविधान निर्माण गर्न ठूलो वलिदानी, त्याग भएको भन्दै उनले यसलाई कार्यन्वयन गर्न बन्ने कानूनहरुको सवैले स्वागत गर्नु पर्ने पनि बताए ।

वर्तमान सरकार बहुमत प्राप्त भएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घर्तीले कही कतै जनताको स्वतन्त्रता, न्याए र समानतामा असर गर्ने कानूनी प्राव्धन भए संशोधन गर्नु पर्ने पनि धारणा राखे ।

गोपनीयताको हकमा भएको व्यवस्थाको चर्चा गर्दै उनले सार्वजनिक पद धारणा गरेका हरेक व्यक्तिको सूचना प्राप्त गर्ने नागरिकको अधिकार भएको तर पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितामा रहेर पत्रकारहरुलाई कलम चलाउन बताए ।