काठमाडौं, १९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने बताएका छन् ।

Lalbabu-pandit-650x455मंगलबार कर्मचारी समायोजनका सम्बन्धमा प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाईनै कर्मचारी राख्न दिन सकिने अवस्था नरहेको बताए ।

उनले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श भइरहेको समेत स्पष्ट पारे ।