गोविन्द खड्का
घोराही । ‘ए हजुर, यसलाई टिप्नुस् है ?’ पुकारको फा“को मुख भित्र हुलेर चपाउन खोज्दै गरेका एक युवकलाई भन्ने वित्तिकै उनी झस्किए । बोल्न सक्नेसम्म मुखलाई सजिलो बनाएर खसालेको टुक्रा उठाउनुस् भन्ने तिर गहिरो गरी हेरे । केही बेर जवाफ दिने कुनै शब्द निकाल्न सकेनन् ।

downloadफा“को सम्हाली सकेपछि तिनले ‘अब फाल्दैन’ भनेर जवाफ दिए । आफुले खसालेको खोस्टो उठाउन भने चाहेनन् । सायद सडकमा फालेको फोहर टिप्ने आफ्नो हैसियत ठान्दैन्थे । त्यसो त सार्वजनिक सडकमा फाल्न पनि उत्तीकै लाज मान्नु पर्दथ्यो, मानेनन् । आनाकानी गरेरै टार्न खोजे । अबका दिनमा फाल्दैन भन्दै, आफैले सडकमा खसालेको त्यो खोस्टो टिप्दै टिपेनन् ।

‘कि तपाईले टिप्नुस्, कि म टिप्छु ।’ शुरुमै अनुरोध गर्नेले दोहो¥याए । यसले भने उनलाई असजिलो बनायो । टिप्नबाट उम्किने बाटो पनि बन्द भयो । स्टार्ट गर्न आ“टेको मोटरसाईकल बाट खुट्टा भुईमा टेके । अनि विस्तारै ओर्लिए । आफुले फालेको खोस्टो नचिनेका मान्छेलाई टिपाउने कसरी ? सजिलो थिएन ।

ह“सिलो अनुहारको रंग अ“ध्यारोमा बदले । तिनको लालिमा रिस चढेको प्रष्ट देखिन्थ्यो । घोराही ट्राफिक चोक पिपल बुटाको सार्वजनिक स्थलमा सडकको टुक्रा टिप्नु सजिलो थिएन । त्यो टुक्रा उनि आफैले फालेका थिए । यदि टिप्दैन्थे भने टिप्नुस भन्र्ने व्यक्तिले उठाउनै पर्दथ्यो । समझदार भएर खोस्टा डस्टविनमा हाले ।

टिपेर नजिकैको डस्टिविनमा हाली फर्किदै गर्दा फेरी पनि गहिरो नजर लगाए । त्यसपछि ‘तपाई कुन पत्रिका, रेडियोको पत्रकार हो ?’ अलि झर्किएरै सोधे । ‘म सार्वसाधारण मान्छे हो । त्यस्तो ठुलो पद भएको व्यक्ति होइन । यसरी नफालौ भनेको मात्रै हो ।’ यही जवाफ पाए । त्यसवाट उनि सन्तुष्ट हुन सकेनन् ।

यसरी छलफल चलिरहेको बेला नजिकै अर्को व्यक्तिले शुद्धप्लस किन्यो । उसले किन्ने वित्तिकै व्यक्तिले भने ‘उ ऊ हेर्नुस् है त्यसले के गर्दोरहेछ ।’ लामो समय पहिरीएर खुईलिएको जिन्स पाइन्ट लगाएको व्यक्ति थिए । दुब्लो पातलो शरिर भएको व्यक्ति सर्वसाधारण भनेर सुहाउ“दो देखिन्थे । उनले छलफलका बारेमा थाहै पाएका थिएनन् । खाइसकेका खोस्टा पाईन्टका पछाडिको गोजीमा हाले । त्यसपछि शुद्ध प्लस उठाउनुस भन्न व्यक्ति गल्ल हा“से ।

जसले शुद्ध प्लसको खोस्टो भुईमा खसाले तिनको लवाईको तुलना गोजीमा हाल्नेसंग गरी सकिन्नथ्यो । घाटिमा ठुलै सिक्री थियो । गतिलो मोटरसाइकल सवार थिए । हमस तमसको खाई लाग्दो शरिर थियो । सुविधा सम्पन्न घरानाका लाग्थे । बुजु्रक भएकैले परिचय नगरी सुखै दिएनन् । आफु गोग्लीतिरका हार्डवेर व्यवसायी रहेछन् । उठाउन लगाउने घोराही १४ का अध्यक्ष शक्तिराम डा“गि थिए । उनी गत शनिवार दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित बैठकमा जा“दै थिए ।

बजारमा अटो पार्किङ शुरु भएपछि भोला, शुद्धप्लसका खोस्टाले समस्या ल्याउन थालेको बताईएको छ । जलजला टोलविकास संस्थाका दिलकुमारी बुढाले यो खोस्टा कसले उठाउने हो भन्दै वडा कार्यालयमा मौखिक उजुरी गर्नुभएको बताईएकोछ । विहान बढारी नसकीने गरी खोस्टा जम्मा हुनेगरेको उजुरी परेको वडा कार्यालयले जनाएको छ । टोल जुटेर टिप्न लगाउनु भन्ने जवाफ पाएका छन् । सबै टोलवासी जुटेर अटो पार्किङमा खोस्टा बढार्न पठाउने भएका छन् ।

बजारमा भोला शुद्धप्लस च्यातेर फाको हाल्ने र उडाउनेहरु नभएका होईनन् । हिड्ने क्रममा प्रशस्तै भेटिन्छन् । गतिला कारहरुमा भन्दा मोटरसाईकलमा सवारले अलि बढि खोस्टा फाल्ने गरेका छन् । हाका हाकि फाल्नेहरु लुकालो घुसार्ने र गुटिमुटि पारेर फाल्नेमा रुपान्तरीत भएका छन् । तिन्लाई फाल्दै गर्दा जसले भेटाउछ उसले रोकनु पर्ने सरसफाइ अभियान्ताको भनाई छ । घोराही बजारमा जथाभावि फोहर फाल्नेहरु घट्दै र नफाल्नेहरु बढ्दै छन् ।

यहि विषय लार्य जानकारी गराउन खोज्दा संघका अध्यक्षा नारायणप्रसाद भुषालले हास्दै भन्नुभयो, ‘थाह पाई सक्या छु’ उहाँले थप्नुभयो, ‘सबै व्ययापारी व्यवसायीलाई कुनै पनि फोहर बाहिर नफाल्न भनिएको छ ।’ यसो त घोराही उपमहानगरपालिकाले पनि फोहरमा नयाँ नयँ कार्यक्रम ल्याउने गरेको छ ।

खसी बजारको लादि भुडिले सरसफाइ कर्मचारीलाई असर गरेपछि अन्तमा उठाउन थालिएको अर्जुन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सडेको दिनभरी डुलाउनु पर्दा दुर्गन्र्ध कर्मचारीले व्यहोर्थे । विरामी पर्थे । बजारमा धेरै सुधार भएको छ । जसले बाहिर खुला खत्याउ“छ उसको फोहर उठ्दैन । सरसफाइमा परिवर्तन आएको छ । शुद्धप्लस र भोलाका खोस्टा सबैले डस्टिविनमा राखे फोहरका समस्या रहन्न ।