दमक, १९ भदौ । पहिले पहिले इलाम भन्ना वित्तीकै चियाँ खेतीले चिनिन्थ्यो । तर अहिले नेपालमा सबैभन्दा बढी झापामा चिया उत्पादन हुने गरेको पाइएको छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेअनुसार ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यवसायिक रूपमा चिया खेती हुँदै आएको छ ।
बिर्तामोडमा व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन सार्वजनिक गर्दै विभागका निर्देशक बद्री कार्कीले व्यक्तिगत तथा साना किसान एक हजार ५३२ जनाले व्यावसायिक चिया खेती गर्दै आएका छन् ।
उनका अनुसार जिल्लामा संस्थागत तथा ठूला बगान ६९ वटा रहेका छन् । यहाँ कुल खेतीयोग्य जमिनको सात हजार १९५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ ।











