सल्यान, १८ भदौ । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी तीन बालबालिकाको ज्यान गएको छ ।
स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका २ छोरी १ छोरा पुरिएका हुन ।

pairoपहिरोमा पुरिनेहरुमा उनकी १० बर्षिया छोरी ललिता डाँगी,७ बर्षीया छोरा ललित वली र बर्ष चारकी छोरी मेनका डाँगी सव पहिरोवाट निकालिएको सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिएका छन् ।

पहिरोमा परेर बालाराम डाँगी र उनकी श्रीमती समेत घाईते भएको बताइएको छ । बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोले ३ बालबालिकाहरु र बस्तुभाउलाई पुरेको १२ वडाका वडा अध्यक्ष दिपक वलीले बताए ।

हिजो राती १२ ः ४० मा उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको भएपनि रातभर पानी परेकोले बिहानबाट मात्र उद्धार सुरु गरिएको थियो ।