दिपक बोहरा
दिपक बोहरा र तुलसीपुर १८ असार । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा तिन दिने महिलाहरुका लागी आधारभुत पत्रकारीता तालिम तुलसीपुरमा शुरु भएको छ । जिल्ल बिकास समिती दाङले सहयोग गरेको तालिमको शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच उदघाटन गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता तथा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपाध्यक्ष बिपुल पाख्रेलको बिशिष्ट आतिथ्यतामा तालिमको उदघाटन गरिएको हो ।
तालिमको उदघाटन सत्रमा बोल्दै पत्रकार महासंघ दाङकी कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्यले सोही पत्रकारीता तालिमले महिला पत्रकारहरुको संख्या बढाई महिलाहरुको मुद्धामा जोडदार आवाज उठाउन ईट्टा थप्न मदत पुग्ने बताईन् । राज्यले महिलाहरुको हक अधिकारको उचित ब्यबस्था गरेपनि अझै महिलाहरुमा हुने बिभिन्न प्रकारका हिंसा न्युनिकरण हुन नसकेको भन्दै यस बिरुद्ध आवाज उठाउन थप बल पु¥याउने उदेश्यले महिलाहरुका लागी मात्रै तालिमको ब्यबस्था गरेको उनले बताईन् ।
महिलाहरुको पिडा पुरुष पत्रकार भन्दा महिला पत्रकारहरुले नजिकबाट बुझ्न सक्ने भएपनि महिला पत्रकारहरुको उल्लेख्य सहभागीता नहुदा महिलाहरुको पिडा अझै पनि गुम्सिरहेको छ यस्लाई बाहीर ल्याउनका लागी महिलाहरुको उल्लेख्य सहभागीता रहेकाले महिलाहरुका लागी मात्रै पत्रकारीता तालिमको आयोजन गरिएको हो आचार्यले भनिन् ।
कार्यक्रमका बिशिष्ट आतिथी तथा नेपाल पत्रकार महासंघका पुर्ब उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारीता प्राबिधिक कुरा भएको बताएका छन् । पत्रकारीता धेरै पढेकाले मात्रै गर्ने पेशा नभई क्षमता भएका सबैले यो पेशा गर्न सक्ने उनको भनाई थियो । साथै उनले तिन दिन सम्म चल्ने तालिमको सहि सदुपयोग गर्न सबै शिक्षार्थीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा सहभागीलाई पत्रकार महासंघ दाङ्का सदस्य बिमल गौतमले स्वागत गरेका थिए भने सहजिकरण सचिब गजेन्द्र बोहराले गरेका थिए । तिन दिन सम्म चल्ने तालिममा करिब २५ जना प्रशिक्षार्थीहरुको साभागीता रहेको छ । तालिम २० गते सम्म चल्ने छ ।
