इन्द्रेणी संवाददाता 

रुकुम , १८ असार रुकुममा अरिंगालको टोकाई वाट रुकुममा एक बालकको ज्यान गएको छ । विद्यालय वाट घर फर्कने क्रममा वाटोमा अरिंगालले टोकेर चौरजहारी नगरपालिका-८ का ७ वर्षिय वालक विरेन्द्र वोहराको ज्यान गएको हो ।

aringalछिमेकी गाविस खोलागाउँमा अवस्थित रुकुमेली आस्था ईगंलिस मेडियम वोर्डिग स्कुलको कक्षा नर्सरीमा अध्ययनरत वालक वाटोमा हिडिरहेको अवस्थामा अरिंगालले टोकेकोे थियो ।

विद्यालयवाट घर फर्कने क्रममा मृतक वालकका साथीहरुले अरिंगालको गोलोमा ढुगांहानेर जिस्काएकाले अरिंगालहरु आएर टोकेको अनुमान गरिएको स्थानिय डिल्ली खत्रीले जानकारी दिए ।

बालकको स्थानीय मेडिकलमा प्राथामिक उपचार पछि थप उपचारका लागी चौरजहारी अस्पताल लिने क्रममा वाटो मृत्यु भएको हो । अरिगांलले वालकको हात र टोउकोमा टोकेको थियो ।