घोराही,२२ चैत । जिल्लामा बाहिरवाट आउने चामलको आयातलाई कमी गर्दै खाद्यान्य संकट हटाउने उद्देश्यले दाङमा पहिलो पटक चैत धानको रोपाई सुरु गरिएको छ । अन्य पहाडी जिल्लाहरुमा जस्तै दाङमा पनि दुई सिजनमा धान खेती गर्न सकिने सम्भावना रहेकाले यसवर्षवाट जिल्लामा चैते धानको रोप्न सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।

ropaiनेपाल सरकारको ‘वृह्तर धानवाली उत्पादन कार्यक्रम’ अन्तर्गत जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्लाका विभिन्न स्थानको एक सय हेक्टर जमिनमा चैते धान रोपाई सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका बाली विकास अधिकृत रविन धितालले जानकारी दिनुभएको छ । ‘जिल्लाका विभिन्न स्थानहरुमा एक हजार बढि हेक्टर जमिनमा चैत धान रोप्न सहिने सम्भावना रहेपनि,यस वर्ष पहिलो पटक एक सय हेक्टर जमिनमा चैते धान रोपाई गर्न लागिएको बाली विकास अधिकृत धितालले बताउनु भएको छ ।

बृह्तर धानवाली उत्पादन कार्यक्रम अन्तर्गत चैत महिना धान खेती गर्नका लागि देउखुरीको बेला गाविसको गुरुङखोला,सिसनिया गाविस,लमही नगरपालिकाका केही स्थान,रामपुरको मुलावारीका साथै दाङ जिल्लाको पश्चिमी क्षेत्रमा व्याड राख्नका साथै रोपाई समेत सुरु गरिएको कार्यालयले जानकारी दिएको छ । चैत धान रोप्नका लागि किसानहरुलाई सहयोग गर्ने उद्देश्यले कार्यालय कृषि प्राविधिक समेत सम्वन्धीत ठाउहरुमा पठाउने गरेको धितालले बताउनुभएको छ ।

कार्यालयले किसानहरुलाई चैते धान खेती तर्फ आकर्षण गर्नका लागि ‘वृह्तर धानवाली उत्पादन कार्यक्रम’ अन्तर्गत एक हेक्टर भन्दाबढि जमिनमा धान खेती गर्ने किसानहरुलाई प्रतिप्रति हेक्टर पाँच हजारका दरले पोत्साहन रकम समेत प्रदान गर्ने जिल्ला कृषि विकास कार्यालय दाङका कृषि प्रशारक अधिकृत भरतमणि पोख्रेलले बताउनुभएको छ ।

बढि क्षेत्रफलमा धान खेती गर्ने किसानका साथै उत्पादत्वका आधारमा समेत पछि किसानहरुलाई सहयोग गरिने भएको छ । त्यस्तै किसानहरुलाई धान खेतीका गर्नका लागि यान्त्रीकका साथै खेती गर्नका लागि प्राविधिक सहयोग समेत कार्यालयले गरिरहेको कृषि प्रशारक अधिकृत पोख्रेलले बताउनुभएको छ । चैते धानका रुपमा हर्दिनाथ लगाएतका धानहरु किसानलाई रोप्नका लागि कार्यालय सिफारिस समेत गरेको कार्यालयले जनाएको छ । सिचाईको सुविधा भएको स्थानहरुमा दुई सिजनमा धान खेतीको विकास गराउने उद्देश्यले चैत महिनमा पनि धान खेतीको सुरु गर्न थालेको कार्यालयले जनाएको छ ।