इन्द्रेणी संवाददाता

नेपाल बार एशोसियशन रुकुमको चौथो अधिवेशनबाट यक्कबादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
शनिवार तुलसीपुरमा सम्पन्न अधिवेशनबाट चयन भएको कार्य समितिमा उपाध्यक्ष भुवनेश्वर उपाध्याय, सचिव रत्नबहादुर खड्का, कोषाध्यक्ष ठगेन्द्रप्रकाश पुरी, सदस्यहरु भुवनेश्वर शर्मा, गणेश हमाल, ललित बुढा र रमा गौतम गौतम रहनुभएको छ । अधिवेशनले डा. नवराज गौतमलाई केन्द्रीय पार्षद चयन गरेको छ ।

12910180_10207816219396733_1579230509_n

निवर्तमान अध्यक्ष भुवनेश्वर शर्माको अध्यक्षता एवं नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष पदम वैदिकको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा बारका पूर्व केन्द्रीय उपाध्यक्ष गोकर्ण डाँगी, बरिष्ठ अधिवक्ता बामदेव शर्मा, सल्यान बारको अध्यक्ष थलबहादुर भण्डारी, पुनरावेदन बारका अध्यक्ष रामशरण चौधरीले शुभकामना दिनुभएको थियो ।