काठमाणडौ, १८ असार
भारतको पूर्वोत्तर राज्य अरुणाञ्चलमा पहिरोमा परी १० जनाको ज्यान गएको छ ।
pahiro
अरुणाञ्चलको कामेंग जिल्लामा पहिरोका कारण ६ वटा भवन भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा दुई बालिकासहित पाँच महिला छन् । यस्तै तीन जना घाइते भएका छन् । उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ ।

अरुणाञ्चलमा गत केही दिनदेखि लगातार पानी परेको थियो । लगातारको वर्षाका कारण जमिन धसिँदा पहिरो गएको हो । (एजेन्सी)