काठमाडौँ, १० भदौ । साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् ।
जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुन्छ भनिएको छ ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार जनै धारण गर्दा वा रक्षा वन्धन गर्दा दुष्ट प्रेत पिशाचले नसताउने र अशुभ विनास विघ्नवाधा हट्ने, मुद्दा मामलामा जीत हुने, सन्तान सुख हुन्छ भनेर भविष्य पुराणको उत्तरपर्वमा व्याख्या गरिएको छ ।
यमलाई यमुनाले डोरो बाँधिदिएर यमराजको रक्षा गरेको सन्दर्भमा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ ।











