काठमाडौँ, ८ भदौ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ ।

suprimबिहीबार साँझ बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि मिश्र प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।

संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि दोस्रोपटक प्रधानन्यायाधीश सिफारिस गरिएको यो पहिलो घटना हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मिश्रलाई सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताए ।