काठमाडौं, ७ भदौ। आज आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा गोली चलेपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएको छ । उनको सट्टामा नयाँ प्रजिअ तारानाथ अधिकारीलाई पठाएको छ ।

bandaकञ्चनपुरको घटनाले चर्को रुप लिएपछि खड्कालाई फिर्ता बोलाएको गृह स्रोतले जनाएको छ । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । त्यसैगरी मन्त्रलायले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।