इन्द्रेणी संवाददाता
तुलसीपुर, ७ भदौ । प्रदेश नम्वर ५ का भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तुलसीपुरको वधशाला र कृषि वजारको अवलोकन गरेकी छन् ।

IMG_0030उनले तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ मा रहेको मासु वजारको अवलोकन गरेकी हुन् । सो अवसरमा उनले आधुनिक मिटमार्ट निर्माण गर्नका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने आश्वासन दिइन् ।

यसैवर्षदेखि काम सुरु हुने गरी आधुनिक मिटमार्ट निर्माणलाई निरन्तरता दिइने उनको भनाइ थियो । वधशालालाई स्वच्छ र सफा राख्नु व्यवसायीको दायित्व भएकाले जनताको स्वच्छ मासु खान पाउने अधिकारको सम्मान गर्नुपर्ने पौडेलले बताइन् ।

यस्तै मन्त्री पौडेलले तुलसीपुर उपमहानगरपालिका वडा नंं ६ मा निर्माणको क्रममा रहेको आधुनिक कृषि वजारको पनि अवलोकन पनि गरेकी थिइन् ।