महेन्द्रनगर, ७ भदौ । आन्दोलनकारी र प्रहरीबीच झडपपछि कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको घोषणा गरेको छ ।

policeबिहिबार ३ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू लगाइने भन्दै प्रहरीले सर्वसाधारणलाई गन्तव्यमा जान आग्रह गरेको छ ।

कर्फ्यू महेन्द्रनगर बजार क्षेत्रभरी लगाइएको प्रहरीले जनाएको छ । निर्मला पन्तको वास्तविक हत्यारा खोजीको माग गर्दै स्थानीयले आन्दोलन चर्काएपछि त्यहाँको स्थिति जटिल बनेको छ ।

झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारी गोली लागेर घाइते भएका छन् ।