महेन्द्रनगर । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले हिजोदेखि लगाएको कर्फ्यूको खुलेको छ ।

pardarshanबिहिबार ५ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू को समयमा कञ्चनपुरको अवस्था सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ ।

अहिले जिल्ला सुरक्षा समन्वय समितीको बैठक वसीरहेको छ । कञ्चनपुरमा निर्मला पन्तको वास्तविक हत्यारा खोजीको माग गर्दै स्थानीयले आन्दोलन चर्काएपछि त्यहाँको स्थिति जटिल बनेको हो ।