मोरङ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने बताएका छन् ।

photo kpप्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरे ।

नेकपाका अध्यक्ष सेमत रहेको ओलीले भने “समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।”