महेन्द्रनगर, ६ भदौ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई भन्दै स्थानीयहरु सडकमा उत्रिएपछि महेन्द्रनगर तनावग्रस्त बनेको छ । विहानैदेखि स्थानीय प्रदर्शन उत्रिएका छन् ।

bandaप्रहरीले नक्कली अपराधि सार्वजनिक गरेर घटना लुकाउन खोजिएको स्थानीयको आरोप छ । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा, पानीका बोतल प्रहार गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयअगाडिलगायत बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका छन् ।