डोल्पा, ५ भदौ । अविरल वर्षासँगै आएको पहिरोले डोल्पाको मुड्केचुला गाउँपालिकामा दुई घर पुरिएका छन् भने एक घर भत्किएको छ।
तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मीमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो।

pairoपहिरोले हरिबहादुर बुढामगरको घर भत्केको छ। तर पहिरोबाट मानवीय क्षति भने केही नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन्। गाउँमा पहिरोको जोखिम वढेपछि बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन्।