दाङ, ३ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले ६१ किलो चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
शुक्रवार १० किलो चरेससहित २ जना र शनिवार ५१ किलो चरेससहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











