इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । सहकारीको लगानीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको सरोकारवालाहले बताएका छन् । घोराही उपमहानगरपालिकाले आज घोराहीमा आयोजना गरेको उपमहानगरपालिकाको सहकारी ऐन २०७४ का सन्दर्भमा जानकारी दिन सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुबीचको अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत गरिवीको रेखामुनी रहेका जनताको अवस्थालाई माथि उठाउनुका साथै संमृद्धि बनाउन सकिने समेत बनाए ।

narulalकार्यक्रमको उद्घाटन गर्दै घोराही उमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अहिले धेरैजासो सहकारी संस्थाहरु पैसा संकलन र कर्जा असुलीमा मात्रै सिमित भएको भन्दै अब सहकारीहरुले उत्पादन मुलक व्यवसायमा लगानी गर्न आवश्यकता औल्याए । उनले अब उपमहानगरपालिका क्षेत्र भित्रका सहकारीको अनुगमन, नियमन उपमहानगरपालिकाले गर्ने व्यवस्था भएको उल्लेख गर्दै चौधरीले सकेसम्म यहाँका सहकारीलाई माथि उठाउन प्रयास गर्ने र माथि उठ्नै नसक्ने सहकारीलाई नियमानुसार कारवाही तथा खारेजसमेत गर्ने बताए ।

कार्यक्रममा सहकारी र सम्पत्ती शुद्धिकरणसम्बन्धी राष्ट्रिय सहकारी बैंक घोराही शाखाका प्रवन्धक नारायण वेलवासेले र उपमहानगरपालिकाको सहकारी ऐन २०७४ मा भएका कानुनी तथा अन्य व्यवस्थाबारेमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपानी पाण्डेले जानकारी गराएका थिए ।

सो अवसरमा उपमहानगरपालिकाका आर्थिक विकास समितिका संयोजक राममणि पाण्डे, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द शर्मालगायते आफ्ना विचार राखेका थिए । कार्यक्रमको दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको सहजिकरण घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख प्रेम केसीले गरेका थिए ।