दाङ, ३ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले वंगलाचुली गाउँपालिकामा आफ्नो शाखा स्थापना गरेको छ ।संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो ।
शाखा उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ भारी को प्रमुख आतिथ्यता एवं वगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तवहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
वंगलाचुली गाउँपालिकामा रहेका व्यवसायीलाई सहजता प्रदान गर्ने उदेश्यले शाखा स्थापना गरिएको संघका उपाध्यक्ष वशन्त जोशीले जानकारी दिए ।











