असार,१८ साउदी अरब। नेपाल सरकारको भंसार विभागले श्रावण १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने गरेको निर्णयप्रति प्रवाशी नेपालीहरुले आपत्ती जनाउदै प्रधानमन्त्रीलाई खुल्लापत्र मार्फत खारेज गर्न माग गरेका छन् ।
वैदेशिक रोजगारका क्रममा तथा आवासियरुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मंच मार्फत उनीहरुले सुनचाँदीका तयारी गहना मात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फायदा हुने भएको खुल्ला पत्रमा ठहर गर्दै खारेज गर्न माग गरेका हुन् ।
मंचका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार सो खुल्ला पत्र “सिधा कुरा प्रधानमन्त्रीसंग” टेलिभिजन कार्यक्रममा र “हेलो सरकार”को फेसबुक पेजमा प्रेषित गरिएको छ । खुल्ला पत्रको पुर्ण पाठ पढ्नुहोस ।
Comments are closed.