वझाङ, १८ असार
बझाङमा आज विहान ६ बजेर ८ मिनेट जाँदा भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको मयना केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको हो । त्यस्तै ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको पहो ।
योसँगै एकै ठाउँ केन्द्रविन्दु बनाएर ६ वटा ठूला धक्का र १७ वटा पराकम्प गएको छ । भुकम्पका कारण मयानामा निलकटी निमावि र धल्देउ प्रावि दुई वटा विद्यालयको भवन चर्किएको छ ।
यस्तै कैलाश गाविस २ मा रहेको कैलाश मालिका सामुदायिक प्राथमिक विद्यालयको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पले क्षति नगरे पनि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले नेपाल प्रहरी, नेपाली सेना तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।।
