दाङ १७ घोराही । एचआईभी एड्स , मानब बेचबिखन तथा सामाजिक भेदभाब बिरुद्ध युवा सशक्तिकरण कार्यक्रम अन्र्तगत आज घोराहीमा बिद्यालयका प्रधानध्यापक तथा शिक्षक नायकहरुको दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्धारा सञ्चालित कार्यक्रम लागु भएका गाबिसका माध्यामिक बिद्यालयका प्रधानध्यापक तथा शिक्षकनायकहरुको सहभागीता रहेको छ ।
दुईदिने कार्यशाला गोष्ठीमा सहभागीहरुले समाजमा यौन प्रजनन एबम सामाजिक भेदभाब बिरुद्ध ब्यापक रुपमा सचेतनाका कार्यक्रमहरु सञ्चालन हुन नसक्दा ग्रामिण भेग तथा बिकासको दृष्टिकोणले पछाडि परेका समुदायमा अझै पनि यस्ता खालका कुराहरु ठुलो समस्याको रुपमा देखिएको भन्दै कार्यक्रममा सहभागीहरुले चिन्ता ब्यक्त गरेका छन ।
दुई दिन सम्म चल्ने गोष्ठीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङद्धारा कार्यक्रम सञ्चालित हापुर ,साबिक नारायनपुर गाबिसका माद्ययामिक बिद्यालयका साथै ढिकपुर ,बिजौरी,हलवार सौडीयार , घोराही नगरपालिकाका केही माध्यामिक बिद्यालयका प्रंअ र शिक्षक नायकहरुको सहभागीता रहेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायन आर्चायको अध्यक्षतामा उद्धघाटन गरिएको कार्यशाला गोष्ठीमा दाङ प्लसका प्रकाश नेपाली , ब्लु डाईमन सोसाईटीका मुस्कान डिसी,जिल्ला परीवार नियोजन संघका बासुदेब बिष्ट, जुनियर युवा जिल्ला संयोजक भिमलाला मरासैनी लगायतकाले बोलेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मदन गौतमले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको बिषयबारे सहजकर्ता कष्णा कार्कीले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत चन्द्रकला खड्काले गरेकि थिईन् ।
