घोराही, १७ असार । उ्रच्च मावि रझेनामा मानिवअधिकार शिक्षा शुरु भएको छ । मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को सहयोगमा शुक्रवारदेखि मानवअधिकार शिक्षा सञ्चालन भएको हो ।

12916214_1167456513288939_7209283762861563548_oविद्यालयका वालवालिकाहरुलाई पनि मानवअधिकारको बारेमा सचेत गराउनका लागि विभिन्न विद्यालयमा शुरु गरिएको यो मानवअधिकारका कक्षा सो विद्यालयमा पनि सञ्चालन गरिएको हरप्लेस दाङका संयोजक विनोद केसीले जानकारी दिनुभयो । कक्षाको पहिलो दिन शुक्रवार केसीले वालवालिकाहरुलाई मानवअधिकार शिक्षा भनेको के हो ्? र यसको महत्वकारबारेमा जानकारी दिनुभएको थियो ।

13533181_1224043350963588_4666159312584363094_nयो शिक्षा अन्तर्गत अब उमावि रझेनामा प्रत्येक शुक्रवार मानवअधिकार शिक्षा सम्बन्धी कक्षा सञ्चालन हुने छ । यस्ता कक्षाहरु जिल्लाका विभिन्न पाँच वटा विद्यालयहरुमा सञ्चालन भइरहेको हरप्लेसले जनाएको छ । उक्त कक्षाहरुमा मानवअधिकार तथा शान्ति शिक्षामाला २०७३ भाग ३ पठनपाठन हुने गरेको छ ।