दिपक बोहरा

तुलसीपुर १७ असार । बर्षा संगै दाङको घोराही तुलसीपुर सडक खण्ड बिचमा पर्ने खोलाहरुमा आएको बाढीका कारण अबरुद्ध भएका सवारी साधानहरु क्रमस सञ्चालन आउन थालेका छन् । शुक्रबार बिहानै देखीको निरन्तरको बर्षा संगै खोला बढदा सडक झण्डै दुई खण्डा सडक अबरुद्ध भएको थियो । अहिले क्रमिक रुपमा सोही सडक खण्डमा ठुला सवारीका साधनहरु सञ्चालनमा आएका छन् ।

13575912_10205556093975541_2219761130454599627_o
तस्वीर :- नारायण खड्काको फेसबुकबाट

बाढीका कारण अझै  पनि मोटरसाइकिल  सहित साना सवारीका साधन भने सञ्चालनमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । बर्षा संगै दाङका खोलाहरुमा पानीको बहाव दिउसो २ बजे देखी बढेको थियो भने अपरान्ह ४ बजे बिस्तारै पानीको बहाब घटन थालेको हो । पानीको बहाब घटे संगै ठुला सवारीका साधन सञ्चालनमा आएका हुन् । यातायातका साधन बन्दहुदा यात्रुहरुलाई सडकमै रोकिन पुगेका थिए ।

संक्राम खोलामा निर्माणाधिन पुलका लागि डाईभर्सन निर्माण गरिएको भएपनि बाढीले नयाँ निर्माण गरेको डाईभर्सन कटान गरेपछि यातायात सञ्चालनमा समस्या आएको थियो ।