दाङ, ८ साउन । तत्कालीन रेडियो तुलसीपुरका अध्यक्ष हेमराज धितालको हत्या भएको सोमवार मात्रै आठ बर्ष पुग्यो । तर अहिलेसम्म न हत्यारा खोजी भएको छ नत हत्यारा पत्ता लागेको छ । आठ आठ वर्षसम्म पनि हत्याराको पत्तो नलागेपछि परिवार झनझन पीडित बन्दै गएका छन् ।

downloadदेबिप्रसाद धिताल प्रतिष्ठानले तुलसीपुरमा सोमवार आयोजना गरेको अन्तत्र्रिmयामा बोल्ने बक्ताहरुले अपराध अनुन्धानमा अब्बल मानिएको नेपाल प्रहरीले आठ बर्षसम्म पनि एउटा घटनाको उचित छानबिन नगर्नु अत्यन्तै दुःखद् घटना भएको बताएको गुनासो गरे ।

कार्यक्रममा स्वर्गीय हेमराज धितालकी छोरी मणिषाले आफुहरु कहिलेसम्म बुबाको हत्यारालाई खोजिरहेको र न्यायको पक्षमा रहेको भन्दै वावाको हत्यारालाई पत्ता लगाइदिन आग्रह गरिन् ।

कार्यक्रमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले घटनाको सत्यतथ्य छानबिनका क्रममा कसैले पनि हस्तक्षप गर्न नहुने विचार राखे ।

त्यस्तै दाङ जिल्ला प्रमुख दुर्गासिह चन्दले नेपाल प्रहरीले ठूला ठूला घठनाको पत्ता लगायका घटनाहरु धेरै भएको भन्दै परिवारलाई धैर्य गर्न अनुरोध गरिन् ।