काठमाडौं ,१७ ललितपुरको टौखेलस्थित एक विद्यालयको पर्खाल भत्कँदा २ बालिकाको मृत्यु भएको छ । टौखेल स्थित पुञ्पाजली बोर्डिङ स्कुलको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको हो । पर्खालले च्यापिएर २० जना घाइते भएका छन् । प्लटिङका लागि निर्माण गरिएको पर्खाल भत्किएर स्कूलको कक्षा कोठाको पर्खालमा लाग्दा दुर्घटना भएको हो ।
घाइतेहरुलाई बीएण्डबी र पाटन अस्पतालमा उपचार गर्न लगिएकोमा उपचारको क्रममा टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुन मगरको मृत्यु भएको छ । घाइतेमध्ये अनुप महर्जन, सुनिता परियार र अजय शाहीको आइसियुमा उपचार भइरहेको छ ।
रातोपाटी बाट