दाङ १७ असार ।  दाङको तुलसीपुरमा सञ्चालन गरिएका तिन महिने सिप मुलक तालिमको शुक्रबार समापन गरिएको छ । जिल्ला विकास समिती दाङ नेपाल जलवायु परिवर्तनको सहयोग कार्यक्रम अन्र्तगतको स्थानिय अनुकुलन परियोजना ९लापौ० को आर्थिक सहयोग तथा व्यवसायिक सिप विकास तालिम केन्द्रको व्यवस्थापनमा सञ्चालित बिभिन्न सिप मुलक तालिमको एक कार्यक्रमका बिच समापन गरिएको हो ।
तुलसीपुरमा बैशाख ५ गते देखी ३ महिने ९ ३ महिने ३ सय ९० घण्टे ० बिद्युत जडान तालिम , कटाई सिलाई ३ महिने ९३ सय ९० घण्टे  र टिभि मर्मत ३ महिने ९ १ सय ६० घण्टे ० तालिम सञ्चालन गरिएको थियो ।

13578862_569485463239385_246037147_nतालिम अन्तरगत कटाई सिलाईमा २० जना, विद्युत जडनामा १० जना र ईलोक्ट्रोनिकमा ५ जनाको सहभागीता रहेको ईलोक्ट्रोनिकका प्रशिक्षक नविन सिंह केसीले जनाकारी दिए । व्यवसायीक विकास तालिम केन्द्रका प्रमुख शेर वहादुर खड्काको अध्यक्षता तथा जिल्ला विकास समिति योजना अनुगमन तथा प्रशासकिय अधिकृत वासुदेव आर्चायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लापाका वातावरणीय अधिकृत रमेश गौतम, जिल्ला विकास समितीका लेखापाल उदय डाँगी लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आर्चायले तालिममा सिकेका कुरा व्यबहारमा लागु गरे मात्रै तालिमले सकरात्मक अर्थ दिने बताएका थिए । सिप सिकेर ब्यबहारमा लागु नगर्ने हो भने तालिमको अर्थ छैन् उनले भने । उनले यस्ता तालिमले ब्यक्तिको जिबनमा परिबर्तन ल्याउने समेत बताएका थिए । यस्ता तालिममा आफ्नो सक्दो सहयोग रहने आचार्यको भनाई थियो । त्यस्तै तालिममा सहभागी प्रशिक्षार्थीले आफुले सिकेका कुराहरु व्यवहारमा उतार्णे प्रतिबद्धता जनाएका छन् । यस्ता तालिमले बिदेश पलायन भईरहेको युवा शक्तिलाई समेत स्वदेशमै लगानी गर्ने प्रेरण मिल्न बताएका थिए । विद्युत जडान मर्मतका प्रशिक्षक नवराज रेग्मीको स्वगात मन्तव्य बाट शूरु भएको कार्यक्रमको सहजीकरण ईलोक्ट्रोनिकका प्रशिक्षक नविन सिंह केसीले गरेका थिए ।