दाङ, १७ असार । यस बर्ष बिहिबार देखी दाङ लगायत देशैभर मनसुन सक्रिय भएपछि भारी वर्षा सुरु भएको छ । बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्कादेखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । सक्रिय मनसुनका कारण आज दिनभरी वर्षा हुने र अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । भारी वर्षासँगै कृषकहरु समयमै रोपाइँ हुने आशाले हर्षित देखिएका छन् रोपाइँ सुरु भएको छ ।
