इन्द्रेणी संवाददाता
दाङ, ७ साउन । गएको आर्थिक वर्षमा दाङमा साढे १ अर्ब भन्दा वढी बजेट फ्रिज भएर गएको छ ।

kolenika ghorahiआर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका विभिन्न कार्यालयमार्फत खर्च गर्ने गरी आएको कुल १९ अर्ब ७२ करोड ६४ लाख ९५ हजार ४ सय ६१ रुपैयाँ बजेटमध्ये १ अर्ब ६२ करोड २५ लाख ८३ हजार ६५ रुपैयाँ खर्च हुन नसकेर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

यसरी फ्रिज भएर जानेमा सबैभन्दा वढी मध्यपश्चिम सडक डिभिजन कार्यालयको ३१ करोड ५० लाख २ हजार ६ सय ८१ रुपैयाँ छ । उक्त कार्यालयको कुल बजेट १ अर्ब ६७ करोड ५६ लाख ५० हजार ८ सय रुपैयाँ थियो ।

त्यसैगरी मध्य पहाडी पुर्वी लोकमार्ग सडक आयोजनाको ३० करोड ७९ लाख ५८ हजार १ सय ९३, मध्यपश्चिम सिंचाइ विकास डिभिजन कार्यालयको २ करोड ९० लाख १६ हजार ३ सय ४२, प्रगन्ना वड्कापत सिंचाइ आयोजनाको १५ लाख ११ हजार ८ सय ६४ र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङको १ करोड ३१ लाख ८६ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै जनताको तटबन्ध कार्यक्रमको १ लाख ७१ बजार ९ सय ८७, भूमिगत जल सिंचाइ विकास डिभिजन कार्यालयको २९ लाख ८९ हजार ३ सय ६३, बृहत दाङ उपत्यका सिंचाइ आयोजनाको १७ करोड ८७ लाख ७३ हजार ८ सय ३७, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यँलयको ६ करोड ७८ लाख ९५ हजार ३ सय ६१ र खानेपानी तथा सरसफाइ कार्यलयको १० करोड ५ लाख २९ हजार २ सय ९९ रुपैयाँ खर्च हुन नसकेको हो ।