gjlgo'Qm :jf:Yo dGqL lul//fhdl0f kf]v/]n :jf:Yo dGqfnodf a'waf/ kbaxfnL kl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ, ३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन् ।

gjlgo'Qm :jf:Yo dGqL lul//fhdl0f kf]v/]n :jf:Yo dGqfnodf a'waf/ kbaxfnL kl5 ;~rf/sdL{x?;Fu ;+lIfKt s'/fsfgL ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .
बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीले विधेयक फिर्ताको माग गरेको सन्दर्भमा उनले सो विधेयक संसद्को प्रक्रियाबाट परिमार्जन वा संशोधन हुन सक्ने तर फिर्ता नहुने बताएका हुन् ।

शिक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले प्रतिनिधिसभाले प्रक्रियागत रुपमा निर्णय गर्ने र बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुङ्गो लगाउने जानकारी दिए ।

“विधेयकको मूल मर्म केदारभक्त माथेमा आयोगको प्रतिवेदनसँग बाझिएको छैन । बाहिर जसरी आलोचना गर्न खोजिएको छ, त्यस्तो होइन । सबै प्रतिवेदन कानून बन्दैनन्,” उनले भने, “नेपाली काँग्रेसले माग गरेजस्तो अघिल्लो सरकारले ल्याएको अध्यादेश जस्ताको तस्तै ल्याउन सकिँदैन । त्यो अध्यादेशमा हाम्रो सहमति थिएन । ” रासस