जुम्ला, ३ साउन। १९ दिनदेखि सत्याग्रह आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखा परेको छ ।मंगलबार राति र बिहान दुईपटक केसीको मुटुमा नौवटासम्म एक्टोपिक बिट्सहरू देखिएको चिकित्सकहरूले बताएका छन् । पहिलेको तुलनामा यस्ता किसिमका मुटुका गढबढीहरू धेरै पटक र धेरै देखा पर्न थालेका छन् ।
यस्तै परिस्थिति रहिरहे डा। केसीलाई जुनसुकै बेला सीसीयूमा राख्नुपर्ने हुन्छ । यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएको जानकारी केसीका सहयोगी डाक्टरहरूले विज्ञप्तिमार्फत जनाएका छन् । राजधानीमा खबर छ- यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको छ ।
‘डा. केसीका दुवै हातका नसा संक्रमित भएका छन् । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र यस किसिमको बढ्दो संक्रमणका कारण अब झन् सेप्सिसको जोखिम बढेको छ,’ डाक्टरहरू पुजन रोकाया, सिद्धार्थ थामी र धीरज गुरुङले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियमको मात्रा निकै नै कम भइसकेको छ । यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पूर्ण जोखिमबारे डा। केसीलाई बताइए पनि उहाँले ती तŒवहरू लिन अस्वीकार गर्नुभएको छ ।’
उनको श्वासप्रश्वासमा पनि दिनदिनै कठिनाइ देखिएपछि अक्सिजनको सहायतामा राखिएको छ । ‘छाती दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘निरन्तर नसाबाट स्लाइनपानी दिइनुको बाबजुद डिहाइड्रेसन ९जलवियोजन०का लक्षणहरू देखिएका छन् ।’











