तुलसीपुर, २८ असार । गएराति तुलसीपुरस्थित वि.पी. चौकमा रहेको सविन मोवाइल सेन्टरमा चोरी भएको छ । सेन्टरबाट चोरले झण्डै दश लाख वरावरका व्राण्डेड मोवाइलहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको ताला फोडी पसलभित्र चोरी गरेको पसलको सि.सी. क्यामराको फुटेजमा देखिएको छ । हिजो मात्रै पसलमा नयाँं मोवाइल सेटहरु काठमाडौवाट ल्याइएको संचालक सितल विकले जानकारी दिए ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले चोरी गर्ने गिरोहको खोजी कार्य व्यापक वनाएको वताएका छन् ।
सिसी क्यामराको फुटेजको आधारमा पनि चोरहरु प्रकाउ गर्न केही मदत पुग्ने उनले बताए ।
त्यस्तै तुलसीपुर स्थित मोवाईल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा विहीवार विहान सबै मोवाईल पसलहरु वन्द गरेका छन् । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले पनि घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।











