काठमाडौँ, २८ असार । लगातारको वर्षातका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुवान परेको छ । काठमाडौं लगायत भक्तपरका विभिन्न स्थानहरु पनि डुबानमा परेका छन् । उपत्यकाको सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् ।
चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको ज्यान समेत गएको छ । महानगरीय प्रहरी परिसय भक्तपुरले दिएको जानकारी अनुसार तीन जनाको मृत्यु भएको जानकारीमा आए पनि थप विवरण आउन बाँकी रहेको छ ।
डुवानमा परेपछि करीव एक सय ५० जनावढीलई उद्धार समेत गरिएको छ । उद्धारमा नेपाली सेना, शस्शस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सबै जुटेका छन् । डुबानका कारण जगाती, लिवालीलगायतका क्षेत्रमा सवारी आवागन प्रभावित भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।











