तुलसीपुर, २८ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले शिक्षा सुधारका लागि अभिभावकलाई सम्मान गरेको छ । घरमा वालवालिकाहरुलाई पढ्ने वातावरण राम्रो वनाउनुका साथै वालमैत्री व्यवहार गर्ने ९० जना अभिभावकलाई नगदसहित तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सम्मान गरेका हुन् ।

20180711_145459कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावक दुवैको गुणस्तर वृद्धि अनिवार्य शर्त भएको वताए । शिक्षकले जागिरका लागि मात्र भन्दा पनि शिक्षाको गुणस्तर वृद्धिका लागि काम गर्नुपर्ने भन्दै अभिभावकले पनि घरमा वालवालिकाहरुलाई शैक्षिक वातावरणको सृजना गर्नुपर्ने कुरामा जोड दिए ।

सिकाइमा सृजनशिलता आवश्यक रहेको भन्दै परम्परागत शिक्षण पद्धतिबाट गुणस्तरिय शिक्षा सम्भव नभएको उनको कथन थियो । वालवालिकाका सामु अभिभावकले सृजनशिल कुरा गर्नुपर्नेमा जोड दिदै पाण्डेले शिक्षकहरुले खाली समयमा देश र नेतालाई गाली गरेका गफ चुटेर वस्नुभन्दा पनि सृजनशिल कुरा गर्नुपर्ने वताए ।

वालवालिकालाई राम्रो व्यवहार गर्ने करिव ४ हजार अभिभावकबाट ९० जनालाई छनोट गरिएको उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विकले वताए ।