काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सँस्कृति, कला र ज्ञानमा धनी रहेको बताएका छन् ।

kppआज मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औं भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उनले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताए ।

‘‘ठूला ठूला देशमा नभएको भाषा, सँस्कृति हामीसित रहेको छ’’, उनले भने– ‘‘हाम्रा शहर कलामय छन् । यहाँका झ्याल ढोका, भित्ता कलामयताले सजिएका छन् । ’’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई व्यूँत््याई अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, साँस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताए ।

विश्वकै ‘हाइट’ र ‘लाइट’ अर्थात अग्लो शिखर सगरमाथा र लाइट अफ एसिया पनि भनिने गौतमबुद्धको जन्मभूमि नेपाल नै रहेको उल्लेख गर्नुहुँदै प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको ओलीले बताए ।

हामी कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा नरहेकाले अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने उनले बताए ।