बाँके, २६ असार । बाँकेको डुडुवा गाउँपालिकामा कार्यरत इन्जिनियर तेजराज खड्का एक लाख घुससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले नेपालगञ्ज उप–महानगरपालिका विपी चोकस्थित दङगाली केसी मःम सेन्टरबाट रंगेहात पक्राउ गरेको हो ।
आयोगका अनुसार इन्जिनियर खड्काले माटो कटान तथा ग्राबेल सड्क निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तयार पार्ने प्रयोजनको लागि सेवा ग्राहीसँग घुस लिदालिदै पक्राउ गरिएको बताइएको छ ।











