तुलसीपुर २१ असार । शाहारा बिहिन बनेका जनयुद्धका यौदा तुलसीपुर १५ निवासी कमानबहादुर बस्नेतको लागि घर निर्माण भईरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुरमा उनको घर निर्माण भईरहेको छ । पूर्ब माओवादी केन्द्रको पहलमा उनको घर निर्माण हुन लागेको हो ।
पूर्ब माओवादी केन्द्र तुलसीपुरको पहलमा जग्गा किन्ने देखि घर निर्माण कार्य शुरु भएको हो । जसका लागि आर्थिक संकलन समिति र निर्माण समिति गठन गरिएको छ । करिब पाँच लाखको लगानीमा दुई कोठे घर, शौचालय निर्माण गर्न लागिएको आर्थिक समितिका संयोजक भिम चौधरीले बताए ।
उनका अनुसार घर निर्माणका लागि अहिलेसम्म दुई लाख ८० हजार, बराबरका सामग्री जम्मा भईसकेको छ । उनी जनयुद्धमा त्याग गरेका यौद्धा हुन् । उनका श्रमीती, दुई छोरा र दुई छोरी थिईन् । तर अहिले उनको साथमा घर, श्रमती, छोराछोरी कोही पनि छैनन् । ६७ बर्षीय बस्नेत अहिले शाहारा बिहिन बनेका छन् । घर निर्माणका लागि पूर्ब माओवादी केन्द्रका नेता राम वहादुर दहित, तुलाराम भण्डारी बारुद, यज्ञ बहादुर केसी, अमृत खड्का, तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’लगायत नेता तथा कार्यकर्ताको सक्रियता रहेको छ ।











