दिपक बोहरा

दाङ २१ असार । दाङका अधिकांश स्वास्थ्य संस्था दर्ता विनै सञ्चालनमा आएका छन् । अहिलेसम्म ९४ वटा स्वास्थ्य संस्था मात्रै दर्ता भएका छन् । तर जिल्लामा धेरै स्वास्थ्य किल्निहरु सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा कति स्वास्थ्य संस्था सञ्चालनमा छन्, भन्ने एकिन विवरण भने छैन् ।

Medicinesजिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीका अनुसार दर्ता भएका स्वास्थ्य संस्थाको मात्रै तथ्याङ्क हुने बताए । अन्य दर्ता विनै सञ्चालन भएका स्वास्थ्य संस्थाको एकीन विवरण नभएको उनले बताए । ‘दर्ता विनै सञ्चालन भएका स्वास्थ्य संस्थाको विवरण हुँदैन्’ उनले भने‘ दर्ता भएकाको मात्रै हुन्छ ।’

दर्ता नगरेका तथा नविकरण नगर्ने स्वास्थ्य संस्थाहरुले लुकीछिपी ब्यबसाय गरिरहेको भन्दै स्थानीय समुदायले जानकारी दिए मात्रै मापदण्डमा ल्याउन सकिने बताए । दर्ता बिनै धेरै स्वास्थ्य संस्थाहरु चलिरहेको भन्ने ब्यापक गुनासो आउने गरेको छ । अर्को तर्फ नविकरणका लागि पनि धेरै स्वास्थ्य संस्थाले निवेदन दिए पनि कर्मचारी अभावकै कारणले नविकरण गर्न नसकिएको समेत बताए ।

‘केही स्वास्थ्य संस्थाले दर्ता गरेपनि नविकरण गरेका छैनन्’ उनले भने‘ तर केहीले भने नविकरणका लागि निवेदन दिएका छन् ।’ जिल्ला स्तरीय स्वास्थ्य संस्था सञ्चालक तथा अनुगमण समितिका सदस्य देबिलाल डाँगीका अनुसार दाङका धेरै हस्पिटल, पोलिक्लिनिक, स्वास्थ्य किलनिकहरु दर्ता विनै चल्दै आएको उनले बताए ।

स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा लापरबाही हुनु दुखद भएको आम नागरिकको भनाइ छ । अहिले स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरु नै मापदण्ड बिपरित चल्नु जनताको स्वास्थ्यमा खेलवाड गर्नु रहेको सेवाग्राहीको बुझाई छ । पसल तथा किलनिक सञ्चालनमा लागी सरकारी प्रावधान अनुसार दर्ता गर्नुपर्ने लगायतका नियम छन् । तर अधिकांश पसलहरु दर्ता विनै चलिरहेका छन् । अधिकांस स्वास्थ्य संस्थाले मूल्य सुचि राखेको भेटिदैन् । उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार वस्तु र सेवाको मूल्यसूची उपभोक्ताले सहज रूपमा देख्ने गरी राख्नुपर्ने प्रावधान छ । उपभोक्ताले लिएको वस्तुको परिमाणअनुसार दर खुलाएर बिल दिनुपर्ने हुन्छ ।

दाङका अधिकांश मेडिकल, क्लिनिक, अस्पताल र नीजि स्वास्थ्य संस्थानहरुले न त मल्यसूची राखेका छन न त कुनै पनि सामग्रीको मूल्यको जानकारी नै दिन्छन् ती सेवाग्राहीले भने ‘निजी किलनिक, अस्पतालले मूल्यसूची नराख्दा वर्षौँदेखि सेवाग्राही ठगिँदै आएका छन् ।’
जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा स्वास्थ्य संस्था सञ्चालनमा आएपनि जिल्ला जनस्वास्थ्य कार्यालयले बेमौसमी बाहेक नियमति प्रभावकारी अनुगमन समेत गर्न सकेको छैनन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसक्दा स्वास्थ्य क्षेत्रमा पनि समस्या निम्तियका छन् । स्वास्थ्य क्षेत्रमा पनि गैरकानूनी संस्थाले अबैद्य रुपमा लाखौंको रकम असुली गरिरहेको गुनासो आउने गरेको छ । नियमित अनुगमन र कारबाही नभएपछि जिल्लाका तुलसीपुर, घोराही, लमहीलगायतमा स्वास्थ्य संस्थाहरुले लापरबाही गरिरहेका छन् ।

औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान पनि भएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिबिना आफूखुशी शैया राखेर अवैध रुपमा गर्भपतन गराउने गरेको गुनासो बढ्न थालेको छ । यस्ता औषधि पसल, क्लिनिक एवम स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि अहिलेसम्म दाङका अधिकांस संस्थाहरु जिल्ला जनस्वास्थ्य लगायतक सम्बन्धीत निकायमा दर्ता नभएको कार्यालयले जानकारी दिएको छ ।

यद्यपी जनस्वास्थ्य कार्यालय दाङमा जिल्लामा कति यस्ता गैरकानूनी संस्था, पसल र क्लिनिक सञ्चालित छन भन्ने एकिन विवरण छैन् । यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने आवाज उठिरहेको छ । यसको रोकथामका लागी सम्बन्धित निकायले चासो दिनुपर्ने सेवाग्राहीको माग छ ।