गोविन्द खड्का
घोराही, २० असार । एक क्यारेट हजारीका बेर्ना सिद्धार्थ एग्रीसेन्टर घोराहीले १५ दिन बढि समयमा पनि बेच्न सकेन । यस हिसावले दैनिक एउटा हजारीको बेर्ना पनि बिकेन । ट्रायलका लागि पहिलो पटक बेर्ना राखिएको सन्चालक पौडेलले बताउनुभयो । उहाका अनुसार नतिजा निराशा जनक आयो ।

goगत तिन बर्ष अघि देखि हजारीको बिउ राख्दै आएको पौडेलको भनाई छ । एक जना महिलाले हजारीको फुल खेति गर्न बिउ माग गर्नुभएको थियो । उहाले मागे अनुसारको बिउ लगेर खेति थाल्नुभयो । त्यहि बिउ बाट आफ्ना लागि बिउको सामा गर्नुभयो । त्यसपछि हजारीको बिउ बिकेन ।

धेरैले गलामा लगाएको माला फुकालेर बिउको रुपमा राख्ने गर्छन् । त्यसैलाई छरेर दशै तिहारका लागि फूल जुलाउ“छन् । फूल नभई नहुने परिवार धेरै छन् । जुनसुकै जात धर्म संस्कार भएपनि हजारीको फुलको महत्व हर्ष बढाईमा अत्याधिक छ । प्लाष्किका माला भन्दा बिहे बरियतमा पनि हजारीका फूल खोज्ने चलन बसेको छ । तर, मेरो छोरा छोरीको बिहे हुदैछ फुल खेति गर्छु भन्ने चलन बस्न सकेको छैन । जति महंगा माला भएपनि पर्दाका दिन खरीद गरिन्छ ।

मेरी गोल्ड सन ओरेन्ज र मेरी गोल्ड कर्म वन ओरेन्ज लगाएतका हजारीका बिउ बजारमा पाईन्छ । सन्चालक पौडेलका अनुसार यो हजारी तिन महिना भित्र फूल्छ । केहि समय सम्म फूलिरहन्छ । त्यसले धेरै शुभकार्य टार्छ । बोटभरी एकै चोटि फूल्दैन । ढकमक्क फुल्दै गर्छ टिपेर बेच्न वा अरु काममा उपयोग हुदै रहन्छ । त्यस्तो व्यवसायीक शैलि अपनाउने चलन बसेको छैन ।

कसैको सफलतामा एक मुठा फुलका थंूगा हातमा समातेर हिड्ने धेरै छन् । बधाई दिन झन् फुल नभई हुदैन । जति महंगो भएपनि पाईए सम्म फुलले स्वागत गरिन्छ । थाईल्याण्डबाट आएको अति राम्रो हजारीको बिउ पनि बिक्री नभएको पौडेलको गुणासो छ । एक पोकालाई पा“च सय पचास रुपैया पर्छ । त्यसमा एक सय वटा बिउ हुन्छन् । त्यति रोप्न सक्यो भने प्रशस्तै फुल फुल्छ । बेच्न पनि सकिन्छ । एक पोका बिउ किन्दा महंगो भनेर जिभ्रो टोक्छन् । तिहार लगाएत अन्य आवश्यक कार्यमा भने दुई देखि पा“चसय रुपैयामा एउटै माला खरीद् गर्न खेरमान्दैनन् ।
हजारीको खेतिगर्ने बेला शुरुभएको फुलका अभियन्ता एवं नेपाल उद्योग वाणिज्य संघका पा“च नम्बर प्रदेश उपाध्यक्ष हेमराज बन्जाडेले बताउनुभयो । उहाले घरमा शो का लागि हरेक महिनामा बेर्ना ल्याउदा ठिक छ । तिहारलाई टार्गेट गर्नेले अबको बिस पच्चीस दिन पछि रोपेहुन्छ । बन्जाडे निवास क्षेत्र जनचेतना टोल घोराही १४ ले एक सर्टर दुई गमला, एक धुर एक गमलाको नितिलाई अनिवार्य गरेको छ । सबै फूल बजार बाट देखिने गरी राख्नुपर्ने भनेको छ । त्यसमा पनि गतिला फूल फूल्ने हजारीलाई प्राथमिकता दिएको बन्जाडेले जानकारी दिनुभयो ।