चितवन, २० असार । अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज खुल्ने सम्भावना कम छ । गएराति नै तोपे खोलामा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध छ ।
पहिरो पन्छाउन आज दिनभर लाग्ने स्थिति देखिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।
सो सडकखण्डको कालीखोलामा पनि पहिरो खसेको छ। सडक पहिरो जाँदा काठमाडौंबाट पश्चिमका लागि हिडेका गाडीहरु विचमै रोकिएका छन् भने काठमाडौंका लागि हिडेका सवारीका साधान रोकिएका छन् ।











