नवलपरासी, १९ असार । अविरल वर्षातका कारण डुवान परेपछि स्थानीयले भारतीय गण्डक नहरको बाँध भत्काएका छन् ।

naharबाढीको पानी जमेको दुई दिनभन्दा बढी भएपछि धानबाली कुहिने त्रासले बाँध काटेर भए पनि पानी निकास गराउन बाध्य भएको स्थानीयको भनाइ छ । सुस्ता गाउँपालिका वडा नं २ का वडाध्यक्ष कृष्णलाल मुखियाका अनुसार वडा नं.२ मा ३०० विगाहा भन्दाबढी क्षेत्रफलमा रोपिएको डुबानमा परेको थियो ।

यहाँको पानीको निकासका लागि रानीनगर गण्डक नहरमा साईफन बनाइएको भए पनि साइफनले पूर्ण क्षमतामा पानी तान्न सकेको थिएन ।
साइफनको सफाई भारत सरकारले गर्नुपर्छ तर यो वर्ष पनि नाम मात्रको सफाई गरिएको स्थानीयको भनाइ छ । जसले गर्दा साईफनले पानी तान्न नसकेको र डुबान हुने गरेको छ ।