इटहरी, १९ असार । सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६ जनाको ज्यान गएको छ भने घाइते तीनमध्ये अन्य दुईको अवस्था गम्भीर छ् ।
मृत्यु हुनेमा ७ वर्षका गोनुकुमार र ४० वर्षका सञ्जीव कुमारको नाम खुलेको छ । घाइते तीन जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।











