मलेखु । बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा आज मृत्यु भएको छ ।

स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लठ्ठीले लागेर गम्भीर घाइते भएकी बालकुमारीको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रातोपाटीमा खबर छ ।

घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।