धनुषा, १४ असार । घरेलु मदिराको सेवन गर्दा धनुषामा एकै टोलका चारजनाको ज्यान गएको छ । एकजना सिकिस्त विरामी छन् । कमला नगरपालिका–५ लक्कड निवासी दलित समुदायका चारजनाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

madiraमृत्यु हुनेमा ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान निवासी ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान रहेका छन् ।

त्यस्तै मदिरा सेवन गरी सिकिस्त बिरामी जामनु पासवानको अवस्था पनि चिन्ताजनक रहेको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । मृतकहरुले मंगलबार सिँग्याही मडान चोकमा एक भट्ठीमा घरेलु मदिरा सेवन गरेपछि बिरामी भएर वान्ता गरेको जनाएका छन् ।