धादिङ , १४ असार । धादिङको उत्तरी क्षेत्र मार्पाक र सत्यदेवीमा बुधबार राती पहिरो जाँदा ७ घर पुरिएको छ भने ५ जना बेपत्ता भएका छन् । लागातारको वर्षाका कारण खनीयाबास गाँउपालिका–५ सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमतीसहित दुई नातिनीहरु पहिरोमा बेपत्ता भएका छन् ।

landslideएक जनालाई घाइते अवस्थामा स्थानीयले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।

यही गाउँपालिका वडा नम्बर ४ चिउरीबोटमा पहिरोले एक घर पुरिएको छ । पहिरोमा परी सम्सेर घले र कोप्ची घले बेपत्ता भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । यसैगरी नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ ।