दाङ, १४ असार । दाङमा एक जनाको कुलोमा डुवेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका १६ निवासी २६ वर्षीय खुमबहादुर चौधरीको लमही नगरपालिका ४ घुम्नामा कुलोमा डुबेर ज्यान गएको हो ।
घुम्ना आफ्नो दिदी भिनाजुकहाँ गएका चौधरीको शौच गर्न गएको समयमा चिप्लीएर कुलोमा परी ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । चौधरीको शवलाई पोष्टमार्टको लागि लमही अस्पतालमा ल्याइएको छ ।











